शुलभ सहकारीको अध्यक्षमा मेघेन्द्र गुरुङ चयन

Sulav sahakari

धनकुटा । सुलभ बचत तथा ऋण सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

धनकुटाको छथर जोरपाटी ६ मा भएको सो साधारणसभाले मेघेन्द्र गुरुङलाई अध्यक्ष चयन गरेको छ । सहकारी संस्थाको १९ औ साधारण सभाको अवसरमा भएको निर्वाचमा ४३० मत प्राप्त गर्दै श्रेष्ठ अध्यक्ष पदमा पुनः निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी शिवकुमार श्रेष्ठले २२७ मत प्राप्त गरे ।
सचिवमा ३७४ मत प्राप्त गर्दै डिकबहादुर खडका विजयी भए भने उनका प्रतिष्पर्धी दिवेश खड्काले २७० मत पाएका थिए । त्यस्तै कोषाध्यक्षमा ४४२ मत प्राप्त गर्दै भीमशंकर अधिकारी विजयी बने । अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा जम्मा मत ६८७ मत खसेको थियो । 

सो साधारणसभाको उदघाटन जिल्ला सहकारी संघका अध्यक्ष खगेन्द्र सुवेदीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...