घट्यो शेयर बजार, १ अर्ब ६५ करोडको कारोबार

Share ghatyo

काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से १६.६ अंक घटेको छ । सो गिरावटपछि नेप्से १९१७ अंकमा कायम भएको छ । कारोबार रकम भने ७१ प्रतिशतले बढेको छ । मंगलबार ९६ करोडको धितोपत्र कारोबार भएकोमा बुधबार १ अर्ब ६५ करोडको भयो ।

३७ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ८ को स्थिर रह्यो । बैंकिङ १७, विकास बैंक ३०, फाइनान्स १९, जलविद्युत् १२, जीवन बीमा ८३, उत्पादन ५५, माइक्रोफाइनान्स ९, निर्जीवन बीमा ३६, अन्य १० र ब्यापार उपसमूह १८ अंक घटे । होटल उपसमूह जम्मा ०.३ अंक बढ्यो ।

खप्तड लघुवित्तको मूल्य सबैभन्दा धेरै ६ प्रतिशत बढ्यो । नाडेप लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । ग्लोबल आईएमई बैंकको ९, शिवम् सिमेन्ट र नारायणी डेभलपमेन्ट बैंकको मूल्य ४.८ प्रतिशत घट्यो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...