व्यापारी पोस्ने ४ बुँदे सहमतिपछि दाङको तुलसीपुरका लाग्ने भनिएको मेला स्थगित

Tulasipur mela sathagit

दाङ । दाङको तुलसीपुरमा मेला सञ्चालनको विषयलाई लिएर आयोजक र उद्योग बाणिज्य संघबीचको विवाद चुलिँदै गएपछि मेला स्थगित भएको छ ।

युथ्स अफ तुलसीपुरको आयोजनामा आजबाट सुरु गर्ने भनिएको महोत्सवको विरोध गर्दै तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुर उपमहानगरपालिकाको मूल गेटसहित उपमहानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा बिहान ११ बजेदेखि तालाबन्दी गरेको थियो ।

महोत्सव स्थगित नहुँदासम्म आन्दोलन जारी रहने तुलसीपुर उद्योग वाणिज्य संघले अडान लिएपछि दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमा भएको छलफलपछि ४ बुद्धे सहमति गरिइको छ । सोसँगै मेला पनि स्थगित भएको छ ।

युथ्स अफ तुलसीपुरको आयोजनामा आजदेखि शुरु गर्ने भनिएको मेला रोक्न स्थानीय व्यवसायीहरुले हिजोदेखि बजार बन्द गरेका थिए । तर, व्यापारीको आन्दोलनका कारण प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको पहलमै मेला स्थगित गरिएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मी संलग्न उद्योग वाणिज्य संघ र आयोजक बीचको वार्तामा व्यवसायी पोस्ने ४ बुदे सहमति बनेको छ । 

बिहानैदेखि तुलसीपुर उद्योग वाणिज्य संघ, तुलसीपुर चेम्बर अफ कमर्सको संयुक्त आह्वानमा मेलाको विरोधमा बजार बन्द गराएको छ । बुधबार पनि उद्योग वाणिज्य संघले बजार बन्द गराएको थियो । तुलसीपुरमा अत्याधुनिक पुस्तकालय सञ्चालनको लागि सञ्चालन हुन लागेको मेलामा अहिलेसम्म ९० लाख रकम खर्च भइसकेकाले कुनै पनि हालतमा मेला सञ्चालन गर्ने आयोजक आकास भण्डारीले बताउँदै आएका थिए । तर प्रमुख जिल्ला अधिकारीको पहलमा भएको छलफलपछि मेला स्थगित भएको छ ।

मेला सञ्चालनका नाममा आयोजक र व्यवसायी संघले नै दुई दिनदेखिको विवादका कारण बजार बन्द हुँदा व्यापारीसहित उपभोक्ता मारमा परेका थिए । आज ४ बुद्धे सहमति बनेको भए पन िमेला कहिले लाग्ने भनेर खुलाइएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...