वैदेशिक रोजगार कल्याणकारी कोष र वीमा वापतको रकम विदेशबाटै पठाउन सकिने

Ministry

काठमाडौं । वैदेशिक रोजगार कल्याणकारी कोष र वीमा वापतको रकम सम्बन्धित देशबाटै सिधै पठाउन सकिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धित देशमा रहेको आफ्नो बैंक खाताबाट सोझै नेपालमा रहेको वैदेशिक रोजगार बोर्ड र सम्बन्धित वीमा कम्पनीको खातामा सोझै रकम पठाउन सकिने गरी व्यवस्था मिलाएको हो ।

विदेशमा रहेका नेपालीहरूले आफूले लिएको श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै श्रम स्वीकृति नवीकरण गराउन मन्त्रालयले अनुरोध गरेको छ । त्यसका लागि वैदेशिक रोजगार विभागको वेबसाइट www.feims.gov.np मा गएर लगइन गरेर श्रम स्वीकृति नवीकरण गराउन सकिनेछ ।

वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने कानून व्यवस्था गरेको छ । एकपटक श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएपछि श्रम स्वीकृतिको अवधि कायमै रहेको अवस्थामा नेपाल आएमा पुनः सोही मुलुकको सोही काममा जाँदा पुनः श्रम स्वीकृति लिनु पर्दैन । तर, एकपटक लिएको श्रम स्वीकृतिको अवधि समाप्त भएपछि पुनः विदेशमा रोजगारीको लागि जानु परेमा श्रम स्वीकृति नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विदेशमा रोजगारीको क्रममा मृत्यु भएको खण्डमा श्रम स्वीकृति लिँदा वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकम र विदेश जानुपूर्व नेपालमा गरेको बीमाबाट मृतकको शव व्यवस्थापन गर्ने र परिवारलाई कानूनले तोकेबमोजिम सेवा सुविधा पाउने व्यवस्था छ ।

श्रम स्वीकृतिको अवधि सकिएपछि विदेशमा कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै अकल्पनीय घटना घटेमा कोषको रकम र वीमा वापतको रकम पाईदैन् । त्यस्तै वैदेशिक रोजगारीमा जाँदा अनिवार्य रूपमा श्रम स्वीकृति नविकरण गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको हो ।

आफ्नो श्रम स्वीकृतिको म्याद रहे/नरहेकोबारे वैदेशिक रोजगार विभागको वेबसाइटमा गई चेक गर्न सकिनेछ । म्याद समाप्त भएको वा हुने अवस्थामा रहेको श्रम स्वीकृति नवीकरण गराउन मन्त्रालयले अनुरोध गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...