नेपाली कम्पनीका दुई औषधि गुणस्तरहीन, बजारबाट फिर्ता गर्न विभागको निर्देशन

Dda

काठमाडौं । औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेका छुट्टाछुट्टै दुईवटा भिटामिनका औषधिको निश्चित ब्याचलाई बजारबाट फिर्ता गर्न आदेश दिएको छ । रुपन्देहीस्थित बायोगेन रिमेडिज प्रालिले उत्पादन गरेको ‘बायोकल–डि’ को ब्याच नं ‘बिडि२१०४’ र काठमाडौंस्थित लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ‘अस्भिट’ ब्याच नं ‘एएस२१२१’ ट्याबलेटको गुणस्तर परिक्षा सन्तोषजनक नभएको बताउँदै विभागले बजारबाट फिर्ता गर्न भनेको हो ।

विभागले सो ब्याचको औषधिको बिक्री वितरणमा समेत रोक लगाएको छ ।

आइतबार सूचना जारी गर्दै बजार अनुगमनको क्रममा ती औषधिको नमुना परीक्षण गर्दा न्यून गुणस्तर भएको जनाएको हो । यी औषधिहरु कोभिडको समयमा व्यापक प्रयोग भएका थिए ।

विभागले यी औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न/नगराउन अनुरोध गरेको छ ।

suchana

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निर्वाचनमय बने क्याम्पस : देशकै दोस्रो ठूलो क्याम्पसकी एक्ली महिला उम्मेदवार तिवारी बढ्यो व्यस्तता

Muna tiwari ktm

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्...