लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार राई भन्छन्, यसकारण म जित्छु

Arjun rai dhankuta

धनकुटा । समयलाई कुर्नुपर्छ, मौका अवस्य आउँछ । यो त्यसै भनिएको होइन । धनकुटाका युवा नेता अर्जुनकुमार राईलाई अहिले यस्तो मौका आएको छ, जसले उनलाई चाँडै प्रदेशसभासम्म पु¥याउँदैछ ।

राई यतिबेला चुनावी मैदानमा छन् । धनकुटाको प्रदेश क मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका राई जिल्लामा उर्जावान र निक्कै सक्रिय युवाको रुपमा चिनिन्छन् ।

गठबन्धन दलहरुबीच केन्द्रमा सिट बाँढफाँटमा रस्साकस्सी भइरहँदा कतै धनकुटामा गठबन्धन नबन्ने हो की भन्ने आशंकाहरु पनि थिए । त्यही वेला उनी आवद्ध दल नेकपा (एकीकृत समाजवादी) ले धनकुटाको प्रदेश क मा उम्मेद्वार बनाउनेगरी प्रदेशमा सिफारीस गरेको थियो ।

खासगरी गठबन्धन हुँदा धनकुटामा नेकपा (एकीकृत समाजवादी) को भोगमा पर्छ की पर्दैन भन्ने शंका पनि त्यतिकै थियो । तर, नपत्याउने खोलाले पनि बगाउँछ भने जस्तै घुमिफिरी धनकुटा प्रदेश क नेकपा (एकीकृत समाजवादी) कै भागमा प¥यो । त्यसपछि उनी पहिलोपटक सतर्कताका साथ चुनावी मैदानमा उत्रिएका छन् ।

धनकुटा नगरपालिका वडा नं. १ हिलेमा जन्मिएका युवा नेता राईले २०४९ मा नेकपा एमालेको सदस्यता लिएका थिए भने २०५१ सालमा त तत्कालीन नेकपा एमालेको पार्टी सदस्यता नै पाएका थिए । एमालेमा रहँदा सचिवालय सदस्यसम्म मात्रै पुगे ।

गत वर्ष एमालेमा ठूलो भुकम्प गयो । माधवकुमार नेपाल लगायतका नेताहरुले विद्रोह गरेर नेकपा (एकीकृत समाजवादी) गठन गर्दा अर्जुन पनि त्यति लागे । माधवकुमार नेपालले नेतृत्व गरेको पार्टीमा उनले जिल्ला अध्यक्ष सम्हाल्न थाले ।

उनले जिल्ला अध्यक्ष सम्हाल्न थालेको आज १३ महिना मात्रै हुँदैछ । यो छोटो अवधीमै राईले सत्ता गठबन्धनको तर्फबाट धनकुटा प्रदेश क मा साझा उम्मेदवार बनेका छन् ।

राजनीतिक गुरुसँगै मैदानमा
उनी कुनै बेला रमक चेम्जोङको विश्वास पात्र थिए । त्यही भएर पनि उनी शान्ति मन्त्री हुँदा स्वकीय सचिव भएर काम गरे । त्यो बेला चेम्जोङको कार्यकाल सफल बनाउन उनले ठूलै भुमिका निर्वाह गरे ।

चेम्जोङ शान्ति मन्त्री हुँदा जे जति विकास निर्माणका कामहरु भए, त्यसमा अर्जुन राईको उत्तिकै देन छ । २०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा बनेको मन्त्रीपरिषदमा चेम्जोङ शान्ति तथा पुनर्निर्माण मन्त्री थिए । उनका पालामा जिल्लामा विद्यालय भवन, स्वास्थ्य चौकी, गाविस भवन, प्रहरी चौकी लगायतका संरचना निर्माणमा प्राथमिकता पाएको थियो । उनै मन्त्रीका प्रमुख स्वकीय सचिव थिए अर्जुन राई ।

सो समयमा उनीहरू दुवै नेकपा एमालेका नेता थिए । त्यसबेला मन्त्री रकम चेम्जोङ नेकपा एमालेका केन्द्रीय सदस्य र उनका प्रमुख स्वकीय सचिव अर्जुन राई नेकपा एमाले निकट धनकुटा–काठमाडौं जनसम्पर्क मञ्चका अध्यक्ष थिए ।

हिजोका गुरुचेला आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यका लागि प्रतिस्पर्धी छन् । दुवैले आफु जित्ने दावी गरिरहेका छन् । तर २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा चेम्जोङले पाएको मत र बैशाखमा सम्पन्न स्थानीय तहमा चेम्जोङ आवद्ध जनता समाजवादी पार्टीले पाएको मतलाई मात्रै आधार मान्ने हो भने राई र चेम्जोङबीच कुनै प्रतिष्पर्धा नै नहुने देखिन्छ । किनभने नेकपा एकीकृत समाजवादीका धनकुटा अध्यक्षसमेत रहेका राई लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट उम्मेदवार हुन् । तर चेम्जोङलाई जसपाको मात्रै साथ मिल्नेछ । जसपाको मतले चेम्जोङलाई जित दिलाउन असम्भव जस्तै छ ।

लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार बनेका राईको मुख्य प्रतिष्पर्धी नेकपा एमालेका जिल्ला सचिव निरन राईसँग हुने देखिन्छ । तर, एमालेका राई यसअघि पनि प्रदेश सभा सदस्य हुँदा प्रदेश नामांकरण गर्न नसकेको र जिल्लामा सिन्को भाँच्न नसकेको भन्दै आलोचित छन् ।

उनी भन्छन्, यसकारण म जित्छु
युवा नेताको छवी बनाएका अर्जुन राईको दाबी अस्वभाविक भने छैन । किनकी राई जुधारु युवा मात्रै होइनन्, धनकुटाका लागि वौद्धिक नेता पनि हुन् । उनलाई पुराना र नयाँ पुस्ताको नेताहरुले अध्यनशील नेताको रुपमा चिन्छन् ।

‘राजनीति केवल पद प्राप्तिको निम्ति मात्र होईन, समाजमा केहि नविनतम् प्रयोग र सफलताको लागि हो । तर विगतमा यसलाई दुरुपयोग मात्र गरियो’, राई भन्छन्, ‘हरेक पाँच वर्षमा जनताको माग र आवश्यकता परिवर्तन हुनै पर्दछ । तर, विगत ३१ वर्षदेखि पनि हाम्रा माग र आवश्यकताहरु उस्तै भए । त्यसलाई मैले चिर्न सक्षम छु ।’

उनी लोकतान्त्रिक वाम गठबन्धनभित्रका कान्छा र लोकप्रिय युवा नेता त हुन् नै, नेकपा एमालेबाट पटकपटक विजयी भएर पनि जिल्लामा केही गर्न नसक्ने नेताहरुको तुलनामा सयौं गुणा सक्षम र योग्य नेता पनि हुन् । उनले आफुले अहिले युवा, महिला, दलित, आदीवासी र पिछडिएका धनकुटेलीको समस्या बुझेको र ती सबै समस्या पूरा गर्न लामो समयदेखि लागेका कारण आफ्नो जित सुनिश्चित रहेको बताउँछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...