लक्ष्मी पुजामा विद्युत छेलोखेलो, प्राधिकरणले २०० मेगावाट विद्युत खपत गर्नै सकेन

Ktm ujjyalo

काठमाडौं । यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् बढी भएर भारत निर्यात गरिएको छ। यस वर्ष लक्ष्मीपूजाको पिक समयमै ३८० मेगावाट विद्युत भारत निर्यात गरिएको छ ।

साँझ नेपालभर विद्युतको माग १३०५ मेगावाट पुगेको छ । लक्ष्मीपूजाको दिन साँझ ६ः१० बजे विद्युतको पिक डिमान्ड सो बराबर पुगेको हो । हिन्दुहरूको पर्व तिहारको लक्ष्मीपूजामा झिलिमिली बत्तीलगायतका विद्युतीय बत्तीहरू उच्च मात्रामा बाल्ने गरिन्छ । घर, कार्यालय, व्यावसायिक भवनलाई झिलिमिली बत्ती बालेर सजाइन्छ । फलस्वरूप विद्युतको खपत पनि उच्च हुन्छ ।

नेपाल विद्युत् प्राधिकरणले २०० मेगावाट विद्युत खपत गर्न भने सकेन । गत वर्ष लक्ष्मीपूजाका दिन विद्युतको पिक डिमान्ड १२७० मेगावाट मात्र थियो । यस वर्ष ३५ मेगावाट बढी माग भएको हो ।

यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत् बढी भएर भारत निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजाका दिन देशभित्रको विद्युत उच्चतम माग (पिक डिमान्ड) १३०५ मेगावाट पुग्यो ।

नेपालमा लोडसेडिङ भएको वेला नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिन झिलिमिली बत्ती नबाल्न आग्रह गर्थ्यो । तर, अहिले विद्युत् पर्याप्त भएपछि तिहारमा झिलिमिली बत्ती बाल्न आग्रहसमेत गरेको थियो । सो अनुसार यो समयमा हुने विद्युत् खपतको छुट्टै महत्व रहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

प्राधिकरणले लक्ष्मीपूजाका दिन विद्युत अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, उपकार्यकारी निर्देशकसहितको टोली स्यूचाटारस्थित भार प्रेषण केन्द्रबाट लक्ष्मीपूजाका दिन विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि खटिएको थियो ।

प्राधिकरणका स्वामित्वका नदी प्रवाहमा आधारित विद्युतगृहरूबाट ४३५.२ मेगावाट, प्राधिकरणका सहायक कम्पनीको स्वामित्वका माथिल्लो तामाकोसी, खिम्ती–१ तथा चिलिमबाट ४८२.२ मेगावाट र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूबाट ७६७.५ मेगावाट विद्युत उत्पादन गरी आपूर्ति गरिएको छ । त्यसमा ३८० मेगावाट भने भारतमा निर्यात भइरहेको छ । त्योबाहेक २०० मेगावाट विद्युत् खेर गएको प्राधिकरणको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...