‘निरमाया’ को फर्स्टलुक पोस्टरसहित टिजर सार्वजनिक (भिडियोसहित)

Niramaya poster 1

काठमाडौं । मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्र ‘निरमाया’ को फर्स्टलुक पोस्टर सहित टिजर सार्वजनिक गरिएको छ ।

परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव बोकेको चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछूतको मुद्दालाई उठाएको छ ।

अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको नेपाली सामाजिक चलचित्र ‘निरमाया’ को निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् । चलचित्र विकास बोर्ड र ग्लोबल फोरम अगेन्स्ट कास्ट बेस्ड डिस्क्रिमिनेसन नामक संस्थाको समेत सहकार्य रहेको चलचित्र ‘निरमाया’ ले नेपाली समाजको यथार्थ कथा बोल्नेछ ।

चलचित्रमा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ। रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो।

एक मिनेट ४५ सेकेन्ड लामो टिजरले बर्षौं देखि जरो गाडेको जातीय छुवाछूतको मुद्दालाई उजागार गर्न खोजेको छ । टिजर मदानी मुभिज एण्ड इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...