झण्डै २० प्रतिशत बढ्यो रेमिट्यान्स, दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो

Baideshik rojgar

काठमाडौं । भदौ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह करिब २० प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा रेमिट्यान्स १९.८ प्रतिशतले बढ्दै १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको हो । जुन अघिल्लो वर्षको यस्तै अवधिको तुलनामा १९.८ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १,०३,८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई २ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...