शंख र घण्ट बजाएशंख र घण्ट बजाएर रविन्द्र मिश्र राप्रपामा प्रवेश

Rajendrra rabindra

काठमाडौं । विवेकशील साझा पार्टीका निवर्तमान अध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको समूह राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता भएको छ ।

बुधबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित एकता घोषणा कार्यक्रममा राप्रपा र मिश्र नेतृत्वको बृहत ध्रुवीकरण पक्षधरबीच एकता घोषणा भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले एकता घोषणा पत्रमा हस्ताक्षर गरेका छन् । उक्त घोषणा अनुसार मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष हुने छन् भने मिश्रसँगै आएका अरु नेताहरुको कार्यसम्पादन समिति, पदाधिकारी र केन्द्रीय समितिमा समायोजन एक हप्ताभित्रमा लिङ्देन र मिश्रले टुंग्याउने छन् ।

प्रदेश र अन्य तहको समितिको समायोजन गर्नका लागि ४ सदस्यीय कार्यदल बनाइएको छ । एकता घोषणाका क्रममा बटुकहरुले स्वस्ती वाचन गर्नुका साथै शंख र घण्ट बजाएका थिए । एकता घोषणा कार्यक्रममा राप्रपा नेताहरुसँगै मिश्रले भने पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।

विवेकशील–साझाका नेता शरद पाठक पनि सहमहामन्त्रीको भूमिका लिने गरी राप्रपा प्रवेश गरेका छन् । सो पार्टीका बागमती प्रदेश संयोजक एवम् कार्यसम्पादन समिति सदस्य उज्वलकृष्ण श्रेष्ठ, बागमती प्रदेशकी सांसद एवम् कार्य सम्पादन समिति सदस्य शोभा शाक्य, गण्डकीकी संयोजक एवम् कास सदस्य सुशीला केसी अधिकारी, लुम्बिनीका संयोजक एवम् कार्य सम्पादन समिति सदस्य अनुपमान सैंजु, कर्णालीका संयोजक एवम् कार्यसम्पादन समिति सदस्य कर्णबहादुर शाही लगायत केन्द्रीय सदस्य र नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेका छन् ।

रापञ्पा पञ्वेश कार्यक्रममा नेता मिश्रले नेपाल पछिल्लो समय भूराजनीतिक केन्द्रमा रहेको र विदेशी हस्तक्षेप बढेको बताएका दाबी गरेका छन् । जसकारण यहाँ द्वन्द्व सिर्जना हुने संकेत देखिएको पनि उनले दाबी गरे । उनले राप्रपामा रहन पाउँदा गौरव महसुस भएको पनि बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...