भयावह बन्दै डेंगो : डेंगो संक्रमितको संख्या २२ हजार नाघ्यो, २९ को मृत्यु

Dengue news

काठमाडौं । डेंगो नियन्त्रणमा ढिलाइ भइसकेका कारण संक्रमित र मृत्युको संख्या अझै बढ्नसक्ने भन्दै स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन् ।

विज्ञहरूका अनुसार समयमै लामुखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने काम अगाडि नबढाउँदा यस्तो अवस्था सिर्जना भएको हो । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो वर्ष महामारीकै रुप लिएको छ ।

सन् २०१९ मा १७ हजार ९ सय ९२ जना संक्रमित भएका थिए भने ६८ जिल्लामा फैलिएको डेंगीबाट ६ जनाको मृत्यु भएको थियो जसले महामारीको रुप लिएको थियो । यस वर्ष डेंगी संक्रिमतको केसले ३ वर्षअघिको रेकर्ड तोडिसकेको छ । हालसम्म संक्रमितको संख्या २२ हजार नाघिसकेको छ ।

ईडीसीडीले काठमाडौं उपत्यकालगायत देशभर डेंगी संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयसँग पत्राचार गरिसकेको छ ।

डेंगी संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीको संख्या पनि अधिक नै छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन ‘मास’ मा नै डेंगी फैलिसकेको बताउँछन् ।

प्रतिकृया दिनुहोस