तमोर करिडोरपछि अरुण करिडोर बनाउने हेमराज भण्डारीको टार्गेट

स्व. सूर्यबहादुर थापाले गाई चराएको पाखामा सररर गाडी गुडाउने

Hemraj vandari arun karidor 1

धनकुटा । कुनै बेला तमोर नदीको किनारै किनार गाडी गुड्ला भनेर कसैले सपनामा समेत सोचेका थिएनन् । तर, आँट गरे के हुन्न र ? आँखिर संविधानसभा सदस्य हेमराज भण्डारीको एउटा सपना पूरा भयो । त्यो तमोर करिडोर ।

संघीय सरकारको गौरवको आयोजना मध्येको एक आयोजना मानिएको तमोर करिडोर २०६५ मा धनकुटाका संविधानसभा सदस्य हेमराज भण्डारीको सांसद कोषबाट जवरजस्ती निर्माण कार्य थालिएको थियो ।

उनको जन्म घर कुरुलेतेनुपा । जसलाई धनकुटाकै दुर्गम मानिन्थ्यो । अझैं पनि विकासको दृष्टिले पछि परेको छ । उनी जनयुद्धमा रहँदा पटकपटक त्यही तमोर नदीको किनार हुँदै जनताको घरसम्म पुगे । त्यही भएर पनि उनको चासो तमोरनदीको किनारै किनार सडक लैजान सकिन्छ भन्ने सोच थियो । नभन्दै उनलाई परिस्थितीले साथ दियो ।

पहिलो संविधानसभामा उनी धनकुटा १ बाट निर्वाचित भए । पहिलो वर्षको संसदीय कोषबाट जवरजस्ती ५ लाख रुपैयाँ लगानी गरेर ट्रयाक खोले । त्यही वर्ष डा. बाबुराम भट्टराई अर्थमन्त्री बने । त्यो बेला तमोर करिडोर निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरे । लगत्तै भट्टराई प्रधानमन्त्री बनेपछि सो क्षेत्रका जनताको भाग्य नै खुल्यो । अर्थात् तमोर करिडोरका लागि ३ अर्ब बजेट आयो । जसलाई बनाउन भण्डारी अहोरात्र खटे । र आज, तमोर करिडोर बनेको छ ।

ताप्लेजुङको ओलाङचुङगोलादेखि सुनसरीको चतरासम्म जोड्ने यो करिडरको लम्बाइ २ सय ३८ किलोमिटर छ । तमोर करिडोर सडक निर्माणले पूर्वी नेपालसँगी चीनको सिधा व्यापार सम्बन्ध जोडिने दिन नजिक आइसकेको छ ।

यो सडक मुलुकलाई उत्तर–दक्षिण जोड्ने द्रुत मार्ग हो । त्यस्तै संविधानसभा सदस्य भण्डारीकै अर्काे सपनाको रुपमा रहेको अरुण करिडर सडक बन्दैछ । जुन सकड उत्तर–दक्षिण जोड्ने अर्काे द्रुत मार्ग बन्ने छ । अर्थात् किमाथाङ्का जोड्ने द्रुत मार्गको रुपमा सुनसरीको चतरा हुँदै अरुणको किनारै किनार अरुण बरिडोर बन्दैछ ।

यसरी अरुणतिर मोडियो ध्यान
खासगरी चीनसँग जोड्ने मुख्य सडक धरान हुँदै, भेडेटार, मुलघाट, धनकुटा, हिलेको बाटो हुँदै किमाथाङ्का जोड्ने योजना थियो । त्यसका लागि योजना आयोगले विराटनगर–धरानसम्मको सडक ६ ल्याण्डको बनाउन सर्वेक्षण गर्दा भेडेटारसम्म सर्वेक्षण गरेको थियो । भेडेटारसम्मको भागमा मुआब्जा दिनेगरी विस्तृत योजना पनि बनेको थियो । तर, दुर्भाग्य, धरानसम्म मात्रै सडक फराकिलो बनाइदैछ ।

धनकुटा सदरमुकाम हुँदै किमाथाङ्का जोड्ने योजना असफल हुनुमा धनकुटेली नागरिक नै जिम्मेवार छन् । भेडेटारसम्म सर्वेक्षण भएपछि धनकुटाका नागरिक समाजले संघर्ष समिति नै बनाए । उनीहरुले आन्दोलन नै गरे ।

राष्ट्रिय योजना आयोगका सचिव शारदाप्रसाद त्रितालले धनकुटा हुँदै किमाथांका जोड्ने सडक बनाउन अवरोध भएपछि तीन जिल्लाका नेताहरुसँग परामर्श गरेका थिए । उनी संखुवासभावासी हुन् । उनी हाल रिटायर्ड भइसकेका छन् ।

यो २०६७ सालको कुरा हो । त्यो बेला भण्डारीले धनकुटा हुँदै सडक लैजाने वातावरण मिलाउन १५ दिनको समय मागे । त्यही अनुसार धनकुटा आएर सरोकारवालाहरुसँग छलफल गरे । तर, सरोकोरवाला भनिएको संघर्ष समितिले आफ्नो अडान छोडेन । त्यसपछि भण्डारी रित्तो हात काठमाडौं फर्किएर अरुण करिडोरको कल्पना सुनाए । त्यसपछि प्रक्रिया अघि बढ्यो ।

नागरिक समाज अर्थात् संघर्ष समितिकै कारण धनकुटाको बाटो हुँदै किमाथाङ्का जोड्ने योजना अल्झियो । लामो समयसम्म अरुण करिडोर निर्माण प्रक्रिया सुस्त बन्यो । अहिले फेरि यो योजना अघि बढेको छ ।

अरूण करिडोर चतरा–बराह क्षेत्र, आहाले, छिन्ताङ, खोकु, मुगा, फलाटे, घोर्लिखर्क, लेगुवा, चानुवा हुँदै अरूण किनारै किनार तुम्लिङटार जोडिन्छ भने सोही बाटो हुँदै किमाथांका जोडिन्छ । सो सडक बनाउन बहुवर्षीय टेन्डर गर्ने गरी ७ अर्ब बजेट सुनिश्चितता भएको छ । त्यसका लागि संविधानसभा सदस्य भण्डारीले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर सो रकमको सुनिश्चिता गराएका हुन् ।

‘अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, भौतिक योजना तथा निर्माण मन्त्री, रास्ट्रिय योजना आयोग र सडक विभागको सहयोगमा तमोर करिडोर निर्माण गर्ने सपना साकार भयो’ भण्डारीले निशान न्युजसँग भने, ‘निरन्तर फलोअप विना कूनै पनि आयोजना समयमा सम्पन्न हुन सक्दैन । हामी तमोर करिडोरमा जस्तै अरूण करिडोर सम्पन्न गर्न पनि अविच्छिन्न लागिरहने छौँ ।’

गाउँको गौचरणमा गाडी सररर
कुनै बेला दरवारका प्रिय पात्र थिए सूर्यबहादुर थापा । थापा ५ पटक प्रधानमन्त्री भए । स्व. थापा धनकुटाको तत्कालीन मुगा ४ मा जन्मिएका हुन् । उनी १३ वर्षको उमेरसम्म मुगामै थिए । 

मुगामा रहँदा उनले अरुणको किनारमा गाई बाख्रा चराएका थिए । घामेको पुच्छरसम्म बदाम खान पुग्थे । सुनबालुवासम्म खेल्न पुग्थे । तर, त्यो ठाउँमा गाडी पुग्ने कल्पना अहिलेसम्म कसैले गरेका छैनन् ।

अहिले उनको घर हुँदै भोजपुरको आधा भाग छुनेगरी पाख्रिवास–घोरेटार सडक पुगेको छ । कुरुलेमा जन्मिएका (अहिले हालको चौविसे गाउँपालिका) हेमराज भण्डारीले उनै चिरपरिचित सूर्यबहादुर थापा खेले हुर्केको ठाउँबाट अरुण करिडोर लैजान महत्वपूर्ण भुमिका खेलिरहेका छन् ।

कसलाई फाइदा पुग्छ ?
यो योजना धनकुटा सदरमुकाम हुँदै नबने पनि धनकुटाको पश्चिम सिमाना हुँदै बगेको अरण नदीको किनारै किनार अरुण करिडोर बन्दैछ, जुन करिडोर धनकुटाको आहाले, छिन्ताङ, खोकु, मुगा, फलाटे हुँदै लेगुवाको रामबजारसम्म पुग्नेछ ।

सहदिभुमी गाउँपालिकाको छिन्ता र खोकुको फेदी अर्थात् अरुण नदीको किनारमा ठूलठूला फाँट छन् । अखुवाटार, खोकुटार, मुगाखोला, सुनवालुवा आदी ठाउँमा समथर फाँटहरु छन् । जुन फाँटहरु हुँदै लेगुवासम्म पुग्छ यो करिडोर ।

अरुण नदीको पूर्वी किनारैकिनार खनिने यो सडकले सबैभन्दा बढी धनकुटेलीलाई फाइदा पुग्नेछ भने भोजपुर र संखुवासभावासीले पनि उत्तिकै फाइदा लिनेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...