२४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु, थप २०६ संक्रमित

Corona test

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्‍यु भएको छ भने २०६ जनामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८६९ जनाको परीक्षणमा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९५जनाको पीसीआर परीक्षण गर्दा १३४ जना र १ हजार २७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । शुक्रबार कोरोना संक्रिय संक्रमितको संख्या २ हजार ८९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९८ जना संक्रमणमुक्त भएका छन् ।  जसमध्‍ये २ हजार ७३५जना होम आइसोलेसनमा रहेका छन् भने १५६ जना संस्थागत आइसोलेसन र ४१ जना आईसीयूमा छन् ।

यस्तै ६ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ३९८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा ९८ हजार ४४० ले खोप लगाएका छन् ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार ४४३ पुगेको छ । शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या २ हजार ८९१ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...