२६९ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

Corona test

काठमाडौं । पछिल्लो २४ घण्टामा २६९ कोरोना संक्रमित थपिएका छन् । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १५८ पुगेको छ ।

पीसीआर र एन्टीजेन विधिबाट गरिएको ३ हजार ५५७ नमुना परीक्षणमा २६९ जना संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको हो । बुधबार ३ हजार ९२० परीक्षण हुँदा २७१ जना संक्रमित भएका थिए ।

२४ घण्टामा २१५ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या ३ हजार १५८ रहेको छ । छिल्लो २४ घण्टामा २१५ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये ३ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् भने १५४ जना संस्थागत आइसोलेसन र ४६ जना आईसीयूमा छन् ।

यस्तै ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४८ हजार २२७ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...