शुक्रबार पनि दोहोरो अंकले घट्यो नेप्से

Share logo

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारको परिसूचक नेप्से करिब १७ अंक घटेको छ । १६.९३ अंक घटेसँगै नेप्से २०२२ अंकमा कायम भएको छ । कुल १ अर्ब २९ करोड रुपैयाँको कारोबार भयो । जीवन बीमाबाहेक सबै उपसमूह घटे ।

सो उपसमूहको सूचक २९ अंक बढ्यो । बैंकिङ ९, विकास बैंक ४७, फाइनान्स ३३, होटल तथा पर्यटन ४, जलविद्युत् ४०, उत्पादन ५४, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा ५६, अन्य ६ र ब्यापार उपसमूह ३८ अंक घटे । १० कम्पनीको मूल्य बढ्दा १७२ को घट्यो भने ४ को स्थिर रह्यो ।

लाइफ इन्स्योरेन्स कर्पोरेसन, अपरहेवाखोलाको मूल्य ५ प्रतिशत बढ्यो । पन्चकन्या माइ हाइड्रो र कालिका पावरको मूल्य ४ प्रतिशतभन्दा धेरै घट्यो । कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर, रिडी, अरुणकाबेली, राधि र नेपाल टेलिकम क्रमश: अगाडि रहे ।

यसदिन नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२.६२ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स २.७७ अंकले ओरालो लागेर ३९१.७४ विन्दुमा अडिएको छ । आज २१३ कम्पनीको ३५ लाख ८८ हजार ८३३ कित्ता सेयर १ अर्ब २९ करोड ४८ लाख ३२ हजार ८२० रुपैयाँमा खरिदबिक्री भयो ।

कारोबारमा आएका १३ वटा समूहमध्ये १२ वटाको सूचक नकारात्मक देखिएको छ । १२ वटा सूचक नकरात्मक हुँदा लाइफ इन्स्योरेन्स भने ०.३६ प्रतिशत बढेको छ । ट्रेडिङ समूहको सूचक १.८९ प्रतिशतले घट्दा फाइनान्स समूहको १.८७ प्रतिशतले घट्यो । यसदिन लाइफ इन्स्योरेन्स कर्पोरेसनको सेयर मूल्य ५.९५ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर आज पनि शीर्षस्थानमा रह्यो । सो कम्पनीको ६ करोड ६८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो ।

प्रतिकृया दिनुहोस