नेप्सेमा २.८७ अंकको वृद्धि, डेढ अर्ब माथिको कारोबार

Share market badhyo

काठमाडौं । सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८७ अंक (०.१४ प्रतिशत) ले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ ।

नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकममा भने खासै उत्साह देखिएन । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोड र मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको थियो । तर बुधबार कारोबार रकम डेढ अर्ब नाघेपनि औसतभन्दा तलै रहेको । नेप्सेमा बुधबार ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजारको कारोबार भएको छ ।

जसमध्ये अरुण कावेली पावरको १६ करोड ९२ लाख ६६ हजारको कारोबार हुँदा अपी पावरको ८ करोड ८ लाख २५ हजार रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख ६८ हजारको कारोबार भएको छ ।

मंगलबार कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ५.८६ प्रतिशले बढेको छ ।

यता सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ३.५८ प्रतिशतले गिरावट भएको छ । यस्तै गोर्खाज फाइनान्सको सेयर मूल्य २.३६ प्रतिशत र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य २.३१ प्रतिशतले घटेकोे छ ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...