नेप्सेमा एकल अंकको गिरावट हुँदा २ अर्बको कारोबार

Share logo

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । आइतबार सुरुवाती समयमा वृद्धि भएपनि अन्तिम एक घण्टामा भने घटेर नेप्से रातो भएर बन्द भएको छ ।

सेयरबजार ७.७२ अंकले ओरालो लागेको छ । साताको पहिलो कारोबार दिन नेप्से घटेर २०६०.५५ विन्दुमा पुगेको हो । क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ पनि आइतबार १.४९ अंकले घटेको छ ।

२१८ कम्पनीको ५३ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४३ हजार पटकको खरिदबिक्रीमा २ अर्ब रुपैयाँको कारोबार भएको हो । कुल १३ मध्ये निर्जीवन बीमा, उत्पादन, होटल र पर्यटन तथा बैंकिङ समूहको सूचक हरियो भए पनि बाँकी राताम्य छन् ।

आज मन्दाकिनी हाइड्रो र अपर हेवाखोलाका लगानीकर्ताले १० प्रतिशत कमाए पनि अन्य लगानीकर्ताले खासै कमाउन सकेका छैनन् । आज ५.१९ प्रतिशतसम्म लगानीकर्ताले गुमाएका छन् । रिडी पावर कम्पनीको सर्वाधिक १२ करोडसम्म कारोबार भएको छ । आज बजारमा पुँजीकरण २९ खर्ब ५२ अर्ब र तरलता १२ खर्ब १२ अर्बको छ ।

आइतबार कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।

त्यस्तै एनएमबि ५० म्युचुअल फण्डको इकाइमूल्य ४ प्रतिशतले बढेको छ । यता रिभर फल्स पावरको सेयरमूल्य ५.१९ प्रतिशतले गिरावट हुँदा हिमालयन हाइड्रोपावरको सेयरमूल्य ५.०७ प्रतिशतले गिरावट भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...