ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कारबाही गर्न चिकित्सक संघको माग

Karan shah

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा. करण शाहलाई हातपात गरी गम्भीर घाइते बनाउने दोषीलाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाउन नेपाल चिकित्सक संघले माग गरेको छ । गत भदौ २ गते प्रतिष्ठानकै कर्मचारीबाट शाहमाथि आक्रमण भएको थियो ।

महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै डा. शाह ड्युटीमा रहेको अवस्थामा आकस्मिक कक्षमै हातपात गरी गम्भीर घाइते बनाइनु अत्यन्तै लज्जास्पद घटना भएको बताएका छन् ।

‘ हालै जारी गरिएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो) संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाही गर्न यस सङ्घ जोडदार माग गर्दछ । अस्पताल प्रशासनले समेत ४५ दिनका लागि निजलाई निलम्बन गरेको ब्यहोरा अवगत गराउँदै यस्ता आपराधिक मानसिकता बोकेका व्यक्तिलाई कडा भन्दा कडा कानुनी कारबाही गरी आगामी दिनमा यस प्रकारका घटनाहरू नघट्ने वातावरणको सुनिश्चितता प्रदान गर्न यस सङ्घ नेपाल सरकार तथा स्थानीय सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । संघले डा. शाहको शीघ्र स्वाथ्यलाभको कामना समेत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...