नेप्सेमा ५५ अंकको वृद्धि, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

Stock nepse market

काठमाडौं । केहीदिन यताको लगातार करेक्सनपछि सोमबार सेयर बजार परिसूचक नेप्सेमा ५५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यसदिन नेप्से सूचक ५५.८८ प्रतिशतले वृद्धि हुँदै २ हजार ६५.८९ अंकमा उक्लिएको हो ।

यस्तै, क वर्गको सेन्सेटिभ इन्डेक्स समेत आज ११.२३ अंकले बढ्दै २९८.१३ अंकमा उक्लिएको छ । १३ वटै उपसूचक धनात्मक भएको आज २ अर्ब ४३ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ७.३८ प्रतिशतले बढेको छ भने डेभलपमेन्ट बैंक समूहको उपसूचक ५.३३ प्रतिशतले, हाइड्रोपावर समूह ४.४३ प्रतिशतले, ट्रेडिङ समूहको उपसूचक ४.३८ प्रतिशतले, होटल तथा पर्यटन समूह ३.११ प्रतिशतले वृद्धि भएको छ ।

अन्य समूहको उपसूचक ६.२७ प्रतिशतले वृद्धि भएको छ । आज तीन वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा दुई दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्य ५ प्रतिशत माथिले बढेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...