साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट

Stock nepse market

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार परिसूचक नेप्से २७.९२ अंकले र सेन्सिटिभ सूचक ४.७६ अंकले घटेको हो ।

आइतबार २२७ कम्पनीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअनुसार ३८ हजार ४ सय १८ पटकको खरिदबिक्रीमा ४५ लाख ५९ हजार कित्ता सेयर बिक्री भएको हो । बिक्री भएको सेयर १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँ बराबरको भएको नेप्सेले जनाएको छ ।

बिहान ११ बजे खुलेको बजार एक घण्टासम्म उक्लिए पनि त्यसपछि निरन्तर गिरावट हुने क्रममा नेप्से २०१०.०१ विन्दुमा झरेर बन्द भएको हो । आज सबै उपसूचक राताम्य हुनपुगेका छन् ।

कसले कमाए ? कसले गुमाए ?
आज १८ कम्पनीका लगानीकर्ताले कमाएका छन् । तीमध्ये अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ८.१० प्रतिशत अर्थात् प्रतिकित्ता ११.६० रुपैयाँ कमाइ गरे पनि अन्य कम्पनीका लगानीकर्ताले ३ प्रतिशत पनि कमाउन सकेनन् ।

गुमाउने कम्पनीका लगानीकर्ताले ७.०९ प्रतिशतसम्म गुमाएका छन्। आज बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ५३ लाखको सेयर कारोबार भएको छ । त्यसबाहेक नेपाल लाइफ इन्स्योरेन्सको ११ करोडको, शिवम् सिमेन्टको ८ करोड रुपैयाँको कारोबार भएको छ ।

आज बजार पुँजीकरण २८ खर्ब ७० अर्ब र तरलता ११ खर्ब ७७ अर्बको रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...