कोरानाबाट ५ जनाको मृत्यु, ८१५ जनामा कोरोना पुष्टि

Corona sankraman

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट एकै दिन ५ जनाको मृत्यु भएको छ । कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो । नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा थप ८१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । ४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ४७६ जना सङ्क्रमणमुक्त भएका छन् भने ३१ हजार ७६१ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

प्रतिकृया दिनुहोस