मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा

Mechheyayem gaunpalika

तेह्रथुम । पछिल्लो समय कोरोना संक्रमण बढ्‍न थालेको भन्‍दै तेह्रथुमको मेन्छयायेम गाउँपालिकाका सबै विद्यालयमा चार दिन सार्वजनिक विदा दिइएको छ ।

गाउँपालिकाले आइतबार विज्ञप्ति जारी गर्दै सोमबारदेखि बिहीबारसम्‍म गाउँपालिकाका सबै विद्यालयमा विदा दिएको जनाएको छ ।

सो गाउँपालिकाका विद्यालयहरुलाई उक्त अवधिमा स्वास्थ्यका मामदण्ड अपनाइ विद्यालयको आन्तरिक प्रशासन सुचारू राख्‍न सकिने उल्लेख गरेको छ ।

गाउँपालिकाका अध्यक्ष यादव बहादुर खापुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७९ साउन २३ गते सोमबारदेखि २०७९ साउन २६ गते बिहीबारसम्‍म (चार दिन) पछि लामो विदाबाट मिलान गर्ने गरी मेन्छ्यायेम गाउँपालिका अन्तर्गतका सबै सामुदायिका तथा संस्थागत विलालयहरुमा विद्यार्थीहरुको भौतिक उपस्थितिमा पठनपाठन नगर्न/नगराउनु हुन साथै उक्त अवधिमा स्वास्थ्यका मामदण्ड अपनाइ विलालयको आन्तरिक प्रशासन सुचारू राख्‍न हुन सम्बन्धित सबै विद्यालयहरुलाई अनुरोध छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...