२४ घण्टामा ५५३ जना कोरोना संक्रमित थपिए

Corona sankraman

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । कुल ३ हजार ७८९ जनाको नमुना परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १०२ जनामा संक्रमण पुष्टि भएको छ । सोही अवधिमा ४३३ जना निको भएको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमित ५ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मन्दिरमा पुजा गर्दा दलितमाथि कुटपिट, वडाध्यक्ष पक्राउ

Tekendra sunar

बाजुरा । नेपालको संविधानले कुुनै जात वा वर्गमाथि विभेद गरेको छेन । तर, बाजुरामा पुजा गर्न बसेका द...