२०औं आहारारा गोल्डकपमा आयोजकलाई १२ लाख घाटा

Aaaha rara goldcup

पोखरा । सहारा क्लबले गत माघमा आयोजना गरेको २०औं संस्करणको आहारारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ । शनिबार आयोजक क्लबले आयव्यय सार्वजनिक गरी साढे १२ लाख रुपैयाँ घाटा भएको जानकारी दिएको हो ।

प्रतियोगिताका अर्थ संकलन उपसमितिका संयोजक सुनील गुरुङले एकै पटक ठूलो मात्रामा आर्थिक नोक्सान भए पनि पछि देश तथा विदेशमा रहेका विभिन्न संघसंस्थाले सहयोग गर्दा नोक्सानको केही परिपूर्ति भएको जानकारी दिए । उनका अनुसार ती संघसंस्थाको आर्थिक सहयोगपछि अहिले क्लबले कुल तीन लाख रुपैयाँ मात्रै नोक्सान व्यहोरेको छ ।

प्रतियोगिता माघ ६ गतेदेखि १५ गतेसम्म भएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको थियो । १० क्लब सहभागी रहेको प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लब उपविजेता भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

दोस्रो चरणको कोरोना महामारीमा भएको प्रतियोगितामा सेमिफाइनलसम्म दर्शकबिनै सञ्चालन गरिएको थियो । प्रतियोगिताका लागि कुल ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ ६३ पैसा आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ २५ पैसा खर्च भएको जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस