कोरोना संक्रमण देखिएपछि चीनको वुहानमा लकडाउन

Chaina covid

काठमाडौं । चीनको वुहान सहरमा कोरोना संक्रमणको नयाँ लहर फैलिन थालेपछि फेरि लकडाउन घोषणा गरिएको छ ।

वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका ४ संक्रमित भेटिएका छन्। उनीहरुमध्ये कसैमा पनि कोरोनाको लक्षण नदेखिएको अधिकारीहरुको भनाइ छ ।

झण्डै १० लाख जनसंख्या रहेको जियांग्सियाका बासिन्दालाई ३ दिनसम्म घरभित्रै रहन आग्रह गरिएको छ। चीनले कोरोना भाइरस नियन्त्रणका लागि ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ ।

यसका लागि ठूलो मात्रामा कोभिड परीक्षण, आइसोलेसन तथा लकडाउनलगायतका कदमहरु उठाइएको छ । एक करोड २० लाख जनसंख्या रहेको वुहानमा निरन्तर कोरोना परीक्षण गरिराखिएको छ। सन् २०२० को सुरुवातमा कोरोना संक्रमण वुहानमा फैलिएपछि कडा लकडाउन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...