मेरो बीमाको प्रधान कार्यालय गौशालामा उद्घाटन

Mero Beema

5

नयाँ अवधारणा र रणनीतिका साथ स्थापित मेरो बीमाको प्रधान कार्यालयको उद्घाटन भएको छ । उक्त कम्पनी गत मंसिर ३ गते संस्थागत अभिकर्ताको काम सुरू गरेको थियो । कार्यालयको उद्घाटन बिमा विज्ञ तथा संस्थाका संस्थापक कोषराज सुवेदीले गरेका थिए । बीमा क्षेत्रमा सुवेदीको लामो अनुभव रहेको छ । गौशालाको पिङ्गलास्थानमा पशुपति भिजन नजिकैको घरमा भब्य कार्यालय उद्घाटन भएको हो ।

यस कम्पनीले “मेरो बीमा” नामक अनलाइन पोर्टल मार्फत अभिकर्ता तथा सेवाग्राही लाई सेवा सुविधा प्रदान गर्ने भएको छ।संस्थागत अभिकर्ताको लाइसेन्स लिनका लागि कुनै एक बीमा कम्पनीमा अभिकर्ताको लाइसेन्स लिनुपर्ने प्रावधान रहेको छ । नेपालमा बीमा कम्पनीहरू बीमा समितिबाट लाइसेन्स प्राप्त गरेर बीमा ऐन २०४९ र कम्पनी ऐन २०५८ अन्तर्गत स्थापना गरिनु पर्दछ ।

कम्पनीका सदस्य तथा सिईओ समेत रहेका शंकर बहादुर घिमिरेले उद्घाटनपछि कान्तिपथसँग भने, ‘हरेक व्यक्तिको जीवनको आर्थिक मूल्य हुन्छ । अर्थात् कुनै व्यक्तिले जुन किसिमले आम्दानी गरिरहेको हुन्छ । त्यो कमाइले उसको परिवारको पालनपोषण, शिक्षादीक्षा भइरहेको हुन्छ । आम्दानीबाट उसको समाजमा केही योगदान पनि भईरहेको हुन्छ । सरकारलाई उसले कर तिरेको हुन्छ । ऊ नहुँदा यो सबै कुरामा एउटा भ्याकुम सिर्जना हुन्छ । त्यो हुन नदिनलाई नै जीवन बीमा गर्नुपर्ने हुन्छ । बीमा दीर्घकालीन पुँजी निर्माणको एउटा सोपानक्रम हो ।’

जीवनको एक अनिवार्य हिस्सा झैं बनिसकेको बीमा गर्ने भन्दा नि बीमा बुझाउने आफुहरुको मुख्य नारा रहेको घिमिरेले बताए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...