आज नेप्से परिसूचक सामान्य अंकले बढ्यो, १ अर्ब २३ करोड २४ लाखको कारोबार

Share

काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक १.९३ विन्दुले वृद्धि भएर २०११.३९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०.०२ प्रतिशतले बढेर ३८५.९३ विन्दुमा पुगेको छ।

अघिल्‍लो साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा बन्द भएको थियो। सो दिन १ अर्ब ४५ करोड बढीको सेयर कारोबार भएको थियो।

यसदिन २१० कम्पनीको ३० लाख ४५ हजार ८८९ कित्ता सेयर १ अर्ब २३ करोड २४ लाख ८८ हजार ८३ रुपैयाँमा खरिदबिक्री भयो। सामान्य अंकले बढेको सेयर बजारमा आज कुनै पनि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेन। आज प्रभु सेलेक्ट फन्डको सेयर मूल्य ९.७८ प्रतिशतले उरालो लाग्यो।

कारोबार रकमका आधारमा यसदिन अपर तामा कोशी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६ करोड ४ लाख मूल्य बढीको सेयर कारोबार भयो। हिमालय डिस्टिलरीको ४ करोड ७६ लाख मूल्य बढीको सेयर कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये ५ समूहको सूचक बढ्यो। बाँकी ७ समूहको सूचक ओरालो लाग्यो। बैंकिङ, ट्रेडिङ, मनु एन्ड प्रो, लाइफ इन्स्योरेन्सर इन्भेस्टमेन्ट समूहको सूचक सामान्य अंकले बढेको हो।

प्रतिकृया दिनुहोस