सेयर कारोबारको अन्तिम दिन आज नेप्से परिसूचक ७.९३ अंकले बढ्यो

Nepse

काठमाडौँ । सेयर कारोबारको अन्तिम दिन शुक्रबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। आज दुई घन्टाको कारोबार बजारमा १ अर्ब ४५ करोडभन्दा बढीको सेयर कारोबार भयो। आज नेप्से ७.९३ अंकले बढेर २००९.४६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स २.७७ अंकले बढेर ३८५.९१ विन्दुमा अडिएको छ।

यसदिन २३१ कम्पनीको ४० लाख ५१ हजार ७७१ कित्ता सेयर १ अर्ब ४५ करोड ६२ लाख ५९ हजार ८३३ रुपैयाँमा कारोबार भयो। कारोबारमा आएका १३ समूहमध्ये ५ समूहको सूचक बढ्यो।

यसदिन माइक्रोफाइनान्स समूहको सूचक सर्वाधिक १.५७ प्रतिशतले बढ्यो। यस्तै म्युचुअल फन्डको १.४९, लाइफ इन्स्योरेन्सको ०.३९, डेभलपमेन्ट बैंकको ०.१५ र बैंकिङ समूहको १.३८ प्रतिशतले सूचक उकालो लाग्यो। पाँच कम्पनीको मूल्य ९ प्रतिशत बढीले बढ्यो।

ट्रेडिङ, होटल्स एन्ड टुरिजमको ०.७८,हाइड्रो पावरको ०.७४, फाइनान्सको ०.४५, नन लाइफ इन्स्योरेन्सको ०.०४, मनु एन्ड प्रोको ०.२९ ,अदर्शको १.६८ र इन्भेस्टमेन्टको ०.९५ प्रतिशतले सूचक घट्यो। यस दिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा अपर तामाकोशी हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको १९ करोड ७२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...