थप ६ जनामा हैजा पुष्टि, संक्रमितको संख्या २८ पुग्यो

Haija

काठमाडौँ । काठमाडौँ उपत्यकामा हैजा संक्रमितको संख्या २८ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमित हुनेमा ६ जना १४ वर्षमुनिका बालबालिका छन्, जसमध्ये ३ जना ५ वर्षमुनिका शिशु रहेको छ ।

हैजा संक्रमितको संख्यामध्ये काठमाडौँ महानगरपालिकामा ११, कागेश्वरी मनोहरामा ८, चन्द्रागिरीमा २, बुढानीलकण्ठमा १ र कीर्तिपुरमा १ जना संक्रमित देखिएका छन् । त्यस्तै, भक्तपुरका चाँगुनारायण नगरपालिकामा १ र सूर्यविनायकमा १ जनामा हैजा पुष्टि भएको छ भने ललितपुर महानगरभित्र २ जनामा हैजा संक्रमण पुष्टि भएको छ ।

हैजाबाट बच्न पानी उमालेर मात्रै पिउन महाशाखाको अनुरोध छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...