कोरोना भाइरस संक्रमितको ग्राफ बढ्दो, एकै दिन १२१ जनामा संक्रमण पुष्टि

Corona

काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

देशभर गरिएको १ हजार ७ सय पिसिआर परीक्षणका क्रममा १ सय ४ जना र १ हजार ३ सय ४५ पिसिआर परीक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थप ३१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ६ सय ८७ जना निको भएका छन् । हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...