काठमाडौँमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि

Corona

काठमाडौँ । काठमाडौँमा पहिलो पटक ओमिक्रोनको नयाँ भेरियन्ट पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा कोरोना बीए.५ भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो भेरियन्ट नेपालमा यसअघि धुलीखेल प्रयोगशालामा गरिएको परीक्षणमा अर्का एक जनामा पनि पुष्टि भएको थियो । काठमाडौंमा भने संक्रमण पुष्टि भएको पहिलो पटक हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमित पनि बढेका छन् । मन्त्रालयका अनुसार ११० जनामा संक्रमण पुष्टि भएको छ । यसअघि मंगलबार ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...