सेयर बजारमा आज हरियाली, नेप्से परिसूचक ५७ अंकले बढ्यो

Nepse

काठमाडौँ । सेयर बजारमा आज हरियाली छाएको छ। कारोबारको पहिलो दिन नेप्से परिसूचक ५७.६१ अंकले बढेर २०८६.३८ विन्दुमा बन्द भएको छ। नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ। यसदिन २३१ कम्पनीको ६२ लाख २७ हजार ६९२ कित्ता सेयर दुई अर्ब ४८ करोड ४ लाख ७३ हजार ९९९ रुपैयाँमा खरिदबिक्री भयो।

सेन्सेटिभ इन्डेक्स पनि १०.२२ अंकले बढेर ३९८.८४ विन्दुमा पुगेको छ। कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाएको छ। ट्रेडिङ समूहको सर्वाधिक ९.३ प्रतिशतले सूचक उकालो लागेको छ। हाइड्रो पावर समूहको ५।६३ अंकले सूचक बढ्दा फाइनान्सको ४.२१, मनु एन्ड प्रोको ४.९ र अदर्शको ४.७५ प्रतिशतले मूल्य बढेको हो।

यसैगरी होटल्स एन्ड टुरिजमको ३.५, डेभलपमेन्ट बैंकको ३.३८, माइक्रो फाइनान्सको ३.१ र इन्भेस्टमेन्टको ३.५५ प्रतिशतले मूल्य वृद्धि भएको छ। बैंकिङको १.२३, लाइफ इन्स्‍युरेन्सको १.७२ र म्युचुअल फन्डको ०.४४ प्रतिशतले सूचक बढ्यो।  सेयर बजारमा हरियाली छाउदा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

नेस्डो समृद्धि लघुवित्तीय वित्त, सीवाईसी नेपाल लघुवित्त वित्तीय, अपर तामाकोशी,हिमालयन पावर पार्टनर, सानजेन जलविद्युत कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्य १० प्रतिशतले बढ्यो।

यसैगरी, रसुवागढी हाइड्रोपावरको ९।९६, मध्य भोटेकोशी जलविद्युतको ९।६० प्रतिशतले मूल्य बढेको हो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...