नेप्से परिसूचक आज ८ अंकले घट्यो

Nepse

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.८७ अंकले घटेर २ हजार २८ मा पुगेको छ । शुक्रबार कारोवारमा आएका २ सय २१ कम्पनीको १ अर्ब ४५ करोड रुपैयाँ बराबरको ३६ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ ।

आज ६२ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय २६ कम्पनीको शेयर मुल्य घटेको छ । आज सवैभन्दा शिव्म सिमेन्टको कारोवार भएको छ । यस कम्पनीको ५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ । त्यस्तै, एशियन लाइफ इस्योरेन्सको ५ करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोवार भएको छ ।

नेपाल पुनर्बीमाको ४ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ४ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज २ कम्पनीको शेयर मुल्यमा सर्किट लागेको छ । सर्किट लाग्नेमा आधिँखोला लघुवित्त र सिवाईसी लघुवित्त रहेका छन् ।

प्रतिकृया दिनुहोस