चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न सकेन : स्वास्थ्यमन्त्री खापुङ

Bhawani khapung

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले चिकित्सकहरू दुर्गम क्षेत्रमा जान नमान्दा सबै क्षेत्रमा स्वास्थ्य सेवा पुग्न नसकेको बताएका छन् । आज नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औं स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् । 

देशका विभिन्न स्थानमा दरबन्दी खाली भए पनि स्वास्थ्यकर्मीहरू जान नमान्दा देशका सबै क्षेत्रमा स्वास्थ्यको सुनिश्चितता हुन नसकेको बताए । मन्त्री खापुङले गाउँ क्षेत्रमा अहिले पनि डाक्टर र नर्स एवं स्वास्थ्य प्राविधिकहरू जान नमान्दा स्वास्थ्य क्षेत्रमा समस्या आइरहेको बताए ।

स्वास्थ्यकर्मीहरूमा जुनकुनै बेला जुनसुकै क्षेत्रमा जानुपर्छ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको बताए । अहिले सरकार संघीयताको कार्यान्वयनमा रहेको उल्लेख गर्दै समायोजनमा पनि अनेक समस्या सिर्जना भइरहेको उनको भनाई छ ।

प्रतिकृया दिनुहोस