आज पनि सेयर बजारमा हरियाली, २ अर्ब ४५ करोडको कारोबार

Nepse

काठमाडौँ । बिहीबार पनि सेयर बजार उच्च अंकले बढेको छ । नेप्से परिसूचकले २ हजार अंक नाघेको छ । कुल २ अर्ब ४५ करोड रुपैयाँको कारोबार हुँदा नेप्से परिसूचक ७४.९३ अंक बढेर २०३७ अंकमा कायम भएको हो । सबै सूचकमा हरियाली छाएको छ ।

बैंकिङ २९, विकास बैंक २०२, फाइनान्स १००, होटल तथा पर्यटन १२७, जलविद्युत् १०६, लगानी २, जीवन बीमा २९६, उत्पादन २५०, माइक्रोफाइनान्स २०४, निर्जीवन बीमा ३७८, अन्य ८६ र ब्यापार उपसमूह १२६ अंक बढे । २ कम्पनीको मूल्य घट्यो भने अरु सबै १९१ कम्पनीको मूल्य बढ्यो ।

झण्डै १ दर्जन कम्पनीको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेपाल फाइनान्स, मैलुङखोला र न्यादी हाइड्रोको मूल्य ठिक १० प्रतिशत बढ्यो । आँधिखोला लघुवित्त, सीवाईसी लघुवित्त र सूर्योदय वमी लघुवित्तको मूल्य ९.९ प्रतिशत बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंक, शिवम् सिमेन्ट, रिलायन्स फाइनान्स तथा पन्चकन्या माई र नेपाल पुनर्बीमाको मूल्य साढे ९ प्रतिशत बढ्यो ।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, एसियन लाइफ, अरुणकाबेली पावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशस् अगाडि रहे ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...