वर्षाले हवाई उडान प्रभावित, धेरै उडान रद्द

Airlines

काठमाडौं। लगातार परेको पानी नरोकिएपछि विहान ६ बजेदेखि हुने उडान रोकिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने लुक्ला, भैरहवा, सुर्खेत र भोजपुर विमानस्थलमा अझै पनि उडान हुन सकेको छैन ।

भारी वर्षाले गर्दा विमानस्थलको मौसम खरावीले विहानै देखि यी चार विमानस्थलमा उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी टेकनाथ सिटौलाले जानकारी दिए ।

देशैभर सञ्चालित ३६ वटा विमानस्थल मध्ये अन्य ३२ वटामा भने उडान सूचारु भएको उहाँले जानकारी दिनुभयो । यता मौसम पूर्वानुमान महाशाखाले भने मंगलबार देखि विहीबारसम्म भारी वर्षा हुने जनाएको छ । वर्षाले बाढी पहिरो जाने खतरा भएको भन्दै मंगलबार विहान सूचना जारी गरेर सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...