नयाँ मन्त्रिहरुको आजै सपथ हुन सक्छ :  माधव नेपाल

Madhav kumar nepal

काठमडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आजै नयाँ मन्त्रीहरुको सपथ हुन सक्ने बताएका छन्। अखिल नेपाल महिला स‌ंघ ९समाजवादी०ले राजधानीमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोध गर्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा पठाइएका मन्त्रीहरुको आजै सपथ हुन सक्ने बताएका हुन्।

पार्टीले निर्णय गरेर पठाएको नाम फेरवदल नहुनेतर्फ संकेत गर्दै नेकपा एसका अध्यक्ष नेपालले भने, छिट्टै नयाँ मन्त्रीहरुको सपथ हुन्छ। आजै हुने पनि संभावना छ।’ अध्यक्ष नेपालले मन्त्री फेर्ने आफ्नो पार्टीले गरेको निर्णय छिटो कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।

अध्यक्ष नेपालले आफ्ना केही मन्त्रीले पदबाट राजीनामा दिएको र उक्त राजीनामा पत्र आफ्नो खल्तीमा रहेको बताए। तर अध्यक्ष नेपलालले राजीनामा दिएका मन्त्रीहरुको बारेमा केही बताउन चाहेनन्। मन्त्री फेर्ने विषयलाई लिएर नेकपा एसभित्रको विवाद यतिबेला उत्कर्षमा पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...