घट्यो पेट्रोलियम पदार्थको मुल्य, अब पेट्रोलको मुल्य प्रतिलिटर १७९ पर्ने

Petrol

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।सरकारले पेट्रोलियम पदार्थमा लिँदै आएको कर कटौती गरेपछि निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको हो ।

शनिबार विहान सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठकमा अर्थमन्त्री जनार्दन शर्मा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडु, आपूर्ति सचिव, नेपाल आयल निगमका कार्यकारी निर्देशक पनि सहभागी थिए । त्यस क्रममा मन्त्रालय र निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेका कारण सरकारले लिँदै आएको कर घटाए मात्र मूल्य घटाउन सक्ने बताएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले कर घटाएरै भए पनि पेट्रोलियम पदार्थको मूल्य घटाउन आपूर्ति मन्त्रालय र आयल निगमलाई निर्देशन दिएका थिए ।

शनिबार राति १२ बजेबाट लागु हुने गरी निगमले जारी गरेको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य प्रतिलिटर १७९ कायम गरिएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ९२ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ र नेपाल आयल निगमले अन्तर्राष्ट्रिय मूल्यका आधारमा भन्दै पछिल्लो चरण ठूलो मात्रामा मूल्यवृद्धि गरिरहेको थियो । तर सरकारले पेट्रोलियम पदार्थमा चर्को कर लिने र अन्तर्राष्ट्रिय बजारलाई कारण देखाएर मूल्य वृद्धि गरिरहनु उचित नहुने भन्दै विरोध भइरहेको थियो ।

सरकारले यसअघि गत जेठमा पनि पेट्रोलियम पदार्थमा लगाउँदै आएको प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएको घोषणा गरेको थियो । तर त्यसपछि असार ५ गते रातिदेखि लागू हुने गरी पेट्रोलमा २१ र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ मूल्य बढाएको थियो । सरकारले शनिबार मूल्य घटाएपछि पेट्रोलको मूल्य असार ५ मा भन्दा १ रुपैयाँ महंगो र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ सस्तो भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...