सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनीक

Basu cover

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम सार्वजनीक भएको छ । नगरपालिकाको ११ औं नगर सभामार्फत नगर प्रमुख बासुदेव थापाले नीति तथा कार्यक्रम सार्वजनीक गरेका हुन । नगरप्रमुख थापाले सार्वजनीक गरेको नीति तथा कार्यक्रममा १२४ वटा बुँदाहरु समावेश गरिएको छ ।

‘कृषि, शिक्षा, पर्यटन र पूर्वाधार सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने मूल मर्मलाई आत्मसाथ गरि कृषि, उद्योग, पर्यटन, संस्कृति, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासको माध्यमबाट नगरपालिकालाई नेपालकै उत्कृष्ठ, ब्यवस्थित र सुन्दर नगर बनाई हाम्रो रहर, समृद्ध नगरको सपनालाई साकार पार्ने रणनीतिक आधार र पक्षलाई ध्यानमा राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको मेयर थापाले बताए ।


नीति तथा कार्यक्रममा कृषि उद्यमशीलता विकास, पर्यटन प्रबद्र्धन, स्थानीयस्तरमा रोजगारी सिर्जना, विकास निर्माण र सामाजिक उत्थानका कार्यक्रमलाई प्राथमिकता दिने, स्वास्थ्य, शिक्षा तथा अन्य सामाजीक क्षेत्रमा कार्यक्रम सञ्चालन र गुणस्तरीय सेवा प्रवाह गरी स्वास्थ्य, शिक्षीत, न्यायपूर्ण र गतिशिल समाज निर्माण गर्ने, सूर्यविनायक नगरपालिकालाई शैक्षिक हवको रुपमा विकास गर्न नगरक्षेत्रभित्र योजनाबद्ध ढंगबाट शैक्षिक क्रियाकलप अगाडि बढाउनको लागि नगर शिक्षा योजना लागू गर्ने घोषणा गरिएको छ ।

त्यस्तै, एक वडा एक खेलमैदान, एक टोल एक ब्यायमशाला तथा योग साधना केन्द्र निर्माणको थालनी गर्ने घोषणा पनि मेयर थापाले गरेका छन् । युवाहरुलाई विभिन्न खेलकुदमा आर्कषण गर्न नगरक्षेत्रभित्र बसोबास गर्ने राष्टिय तथा अन्तराष्टियस्तरका विशेष योगदान पुर्याउने खेलाडी तथा खेलकुदमा आर्कषण गर्न खेल क्षेत्रका ब्यक्तिलाई सम्मान र पुरस्कृत गर्ने संस्कृतिलाई निरन्तरता दिने मेयर थापाले बताए ।

त्यस्तैगरि, नगर क्षेत्रभित्र सञ्चालनमा रहेको यातायात सेवालाई ब्यवस्थित र नियमित गराई प्रत्येक वडामा सार्वजनीक यातायातको पहुँच सुनीश्चित गर्न निजी तथा सहकारी क्षेत्रसंग सहकार्य गरिने मेयर थापाले नीति तथा कार्यक्रममा उल्लेख गर्नु गरेका छन् ।

मेयर थापाले नगरपालिकाको सबै खाले सूचना एवं तथ्यांक ब्यवस्थित गर्न नगरपालिकामा सूचना केन्द्र स्थापना गरि संचालनमा ल्याइने पनि घोषणा गरेको छ ।

नीति तथा कार्यक्रममा संघीय सांसद महेश बस्नेत, बागमती प्रदेशकी राज्य मन्त्री रजनी जोन्छे, प्रदेश सांसद सशीजंग थापा, जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष ईश्वर थापाले नगर परिषद् सफलताको शुभकामना दिएका थिए।

नगरपरिषद्मा नगरपालिकाका उपप्रमुख सरिता भट्टराई तिमिल्सिना र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु र संचारकर्मीहरुको सहभागिता थियो ।

नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित

त्यस्तै, सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नगरसभामा मेयर बासुदेव थापाले प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रममाथि दफाबार छलफलपछि सर्वसम्मत रुपमा पारित भएको हो । भोलि शुक्रबार नगरको बजेट सार्वजनीक गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस