आज कतिमा भईरहेको छ सुनचाँदीको कारोबार ?

Gold

काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आज हिजो मंगलबारको तुलनामा सुनचाँदीकै कारोबार मूल्य घटेको जानकारी दिएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो ।

यसैगरी, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघले आजको दरभाउ तोक्दै हिजो मंगलबारको तुलनामा १० रुपैयाँ घटेर कारोबार सुरू भएको बताएको छ । हिजो मंगलबार चाँदी १२ सय ६५ रुपैयाँ थियो । जुन, आज घटेर १२ सय ५५ रुपैयाँ आइपुगेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...