आजदेखि हप्तामा दुई दिन बिदा खारेज, बिदा र कार्यालय समय पुरानै कायम

Home ministry

काठमाडौँ । आजदेखि हप्तामा दुई दिन बिदा खारेज भएको छ । गृह मन्त्रालयले आजदेखि बिदा र कार्यालय समय पुरानै कायम गरिएको जनाएको छ । सरकारले जेठ १ गतेदेखि लागू गरेको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो ।

यो निर्णय खारेज भएसँगै आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ ।

यस्तै शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

उदयपुरमा स्कोर्पियो दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु, वडाध्यक्षसहित ६ जना घाइते

Udayapur accident

धरान । उदयपुरको कटारीमा स्कोर्पियो गाडी दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृतको मृत्यु भएको...