प्रधानमन्त्रीले अमेरिका भम्रणबारे संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्छ : माधव नेपाल

Madhav kumar nepal

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिका भम्रणबारेमा संसद्, समिति र नागरिकलाई जानकारी दिनुपर्ने बताएका छन् ।

आज प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीको अमेरिका भ्रमणको विषयमा धेरै प्रश्नहरू उठेको भन्दै प्रधानमन्त्रीले संसद्, समिति र देशलाई जानकारी दिनुपर्ने बताएका हुन् ।

उनले भ्रमणमा देशलाई उचित हुने भन्दाबाहेक अन्य कुनै पनि गतिविधिहरू सरकारले गर्न नहुने बताए । उनले भने, “नेपालले कुनै पक्षमा नलाग्ने असंग्लन परराष्ट्र नीति लाएका छौँ । त्यो नीतिमा सरकार अविचलित रूपमा अगाडि बढ्नुपर्छ । सरकारले आफ्नो नीतिका विषयमा सबैलाई स्पष्ट रूपमा राख्नुपर्छ । यो मामिलामा कुनै किसिमको दबाब, धम्की हामीलाई स्वीकार्य हुन सक्दैन ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...