सुनको मूल्य एक हजार पाँच सय रुपैयाँले वृद्धि, कति पुग्यो ?

Gold

काठमाडौँ । सुनको मूल्य आइतबार एक हजार ५०० रुपैयाँले वृद्धि भएको छ । गत साताको अन्तिम दिन शुक्रबारको तुलनामा आइतबार तोलामा १ हजार ५०० रुपैयाँले बढेर ९९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार प्रतितोला ९७ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ७०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै चाँदीको मूल्य भने प्रतितोला एक हजार २८० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको छ । चाँदीको भाउ पनि १५ रुपैयाँले बढेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस एक हजार ८७२ र चाँदी प्रतिऔंस २२ दशमलव ८९ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...