यो साता सुनको मूल्य घट्यो, कति पुग्यो ?

Gold

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यो साता सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको जानकारी महासंघले दिएको हो ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ ।

यसैगरी, गत साताको शुक्रबार प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साता २५ रुपैयाँले घटेको छ । महासंघका अनुसार यो साताको शुक्रबारसम्ममा चाँदीको मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँमा आइपुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...