कुमार थापाले किन दिए राप्रपाबाट राजीनामा ? यस्तो छ मुख्य कारण

सधैं पेलानमा, उपलब्धी ‘जिरोको जिरो’

Kumar thapa dkt

धनकुटा । स्व. सूर्यबहादुर थापाको गृह जिल्ला हो धनकुटा । त्यसमा पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता उनै सूर्यबहादुर थापा हुन् । तर, पछिल्लो समय थापा कै गृह जिल्लामा राप्रपा शुन्य बन्ने अवस्थामा पुगेको छ ।

आफ्ना बाबुको विरासत जोगाउने भन्दै आएका उनका छोरा सुनीलबहादुर थापा २ वर्ष अघि नै नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन् । उनी अहिले नेपाली कांग्रेसका केन्द्रिय सदस्य हुन् ।

सुनीलबहादुर थापाले आफ्ना बाबुको विरासत जोगाउन नसके पनि उनकै भतिज कुमारबहादुर थापाले धनकुटामा राप्रपालाई जोगाउँदै आएका थिए । तर, उनले पनि राप्रपा त्यागेका छन् ।

२०४८ सालदेखि झण्डै ३१ वर्ष राप्रपाको जिल्ला अध्यक्ष रहेका कुमारबहादुर थापाले यही जेठ १९ गते धनकुटामा बसेको राप्रपाको बैठकमा राजनीनामा पत्र पेश गरेका थिए । जुन पत्र आज मात्रै केन्द्रिय कार्यालयमा पुगेको छ ।

उनले आफ्नो राजीनामा पत्रमा कुनै कारण खुलाइएका छैनन् । उनले आफ्नो राजीनामा पत्रमा कुनै कारण नखुलाएको भए पनि महाधिवेसनपछि राप्रपाको केन्द्रले धनकुटालाई वेवस्ता गरेको उनले गुनासो गर्दै आएका थिए । त्यसका अलावाबैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्ला तहका नेताहरुले नै विना सल्लाह नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा मत मागेको सार्वजनिक भएको थियो । त्यसबाट पनि उनी रुष्ट थिए ।

गत मंसिरमा काठमाडौंमा सम्पन्न भएको बेला कमल थापा नजिक थिए । तर महाधिवेसन कमल थापा पराजय भए पनि नयाँ पार्टीतिर लाग्दा कुमारबहादुर थापाले संस्थापन पक्षमै बसेका थिए ।

लामो समयसम्म धनकुटाबाट सूर्यबहादुर थापालाई जिताउन मुख्य भुमिका निर्वाह गरेका थापाले आफुले पार्टी अध्यक्षबाट राजीनामा दिएको बताए । ‘मैले कात्तिकमा जिल्ला अधिवेसन हुँदा नै ४÷५ महिना मात्रै अध्यक्ष हुन्छु भनेको थिएँ । त्यही भएर राजीनामा दिएको हुँ’, उनले निशान न्युजसँग भने, ‘मैले राजीनामा दिए पनि साधारण सदस्यको हैसियतमा काम गर्न मलाई कुनै गाह्रो छैन ।’

सधैं पेलानमा, उपलब्धी ‘जिरोको जिरो’
कुमारबहादुर थापा स्व. सूर्यबहादुर थापाका सहोदर भतिजा हुन् । उनले २०४८ सालदेखि लगातार रुपमा सूर्यबहादुर थापालाई साथ दिँदै आए । पटक पटक सूर्यबहादुर थापालाई धनकुटाबाट जिताउन ठूलो भुमिका निर्वाह पनि गरे ।

दोस्रो संविधानसभाको निर्वाचनसम्म थापा पुत्र सनीलबहादुर थापा राजनीतिमा सक्रिय थिएनन्, उनी संयुक्त राष्ट्र संघको जागिरे थिए । उनी सक्रिय राजनीतिमा आउनुपूर्व सूर्यबहादुर थापाको राजनीतिक उत्तराधिकारीको रुपमा कुमारबहादुर थापालाई अघि सारिएको थियो । तर, छोरालाई राजनीतिमा ‘इन्ट्री’ गराएर भतिजलाई पाखा लगाए ।

२०४८ सालपछि धनकुटा एमालेमय बन्यो । त्यो एमालेका कार्यकर्ताहरुले मुगा, सान्ने लगायतका स्थानहरमा आक्रमण गरे । सान्नेको नागीबाट कुटपिट गर्दै धनकुटासम्म ल्याए । तर पनि उनी विचलित नभई काकाको राजनीति जोगाउन तल्लिन रहे ।

माओवादी द्धन्द्धकालमा राप्रपा, नेपाली कांग्रेस लगायतका पार्टीका नेताहरु विस्तापित हुँदा कुमार थापा भने राजनीतिक अडानमा बसे, माओवादीले उनलाई कुनै एक्सन लिने आँटसम्म गरेन ।

पहिलो संविधानसभाको निर्वाचनपछि भतिजलाई समानुपातिक सांसद बनाउने बचन दिएका थापाले दोस्रो संविधानसभाको निर्वाचनमा छोरालाई धनकुटा क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचित गराएर आफु समानुपातिक सांसद बने । जुनबेला पनि भतिजलाई समानुपातिक सांसद बनाउने प्रतिवद्धता जनाएका थिए ।

छोरालाई सभासद बनाएपछि मन्त्री बनाउन लविङ गरेका सूर्यबहादुरले भतिजलाई फर्किएर हेरेनन् । त्यसपछि काका भजितबीचको सम्बन्ध निक्कै चिसियो । त्यसपछि कुमार र सूनीलबीच त बोलचाल नै बन्द भयो । सुनील धनकुटा आउँदा कुमार काठमाडौं जाने र सुनील काठमाडौं जाँदा कुमार धनकुटा आउनेसम्म भयो ।

यी दुई दाजुभाईको राम्रोसँग बोलचाल नहुँदै सुनील नेपाली कांग्रेसमा प्रवेश गरे । उनी कांग्रेसमा प्रवेश गर्दा धनकुटामा राप्रपा शुन्य भयो भनी प्रचार गरे । तर, उनीसँग सीमित नेताले मात्र साथ थिए भने पुराना नेताहरु टीकाप्रसाद घिमिरे, श्याम गुरुङ, हरिप्रसाद घिमिरे, धर्मध्वज राई, पवित्रा श्रेष्ठ, दुर्गा पुरी, रेवतराम भण्डारी लगायतका नेताहरु राप्रपामै बसे । जसको नेतृत्व कुमारले गर्दै आएका थिए ।

राजीनामा दिनुपर्ने अर्काे भित्री कारण
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा धनकुटामा प्रमुख पदहरुमा बठबन्धन बन्यो । सबै वडाहरुमा भने नेपाली कांग्रेस र माओवादीको मात्रै गठबन्धन बन्यो ।

राप्रपाले त्यतिबेला एमालेसँग गठबन्धन गर्न पटकपटक वार्ता गरेको थियो । तर, राप्रपाका केही नेताहरु भने एमालेलाई हराउनै पर्ने अडानमा थिए भने केही नेताहरु चाँही एमालेसँग गठबन्धन गर्ने पक्षमा थिए । सोही अनुसार आफ्ना उम्मेदवार नभए ठाउँमा स्वविवेक प्रयोग गर्ने अधिकार दिएका थिए ।

आफ्ना उम्मेदवार भएका ठाउँमा पनि एमालेलाई हराउने नाममा नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा जिम्मेवार नेताहरु नै मत मागेर हिडेका थिए । त्यति मात्रै होइन, उम्मेदवारहरुले समेत पार्टीसँग समन्वय नगरी उम्मेदवारी फिर्ता लिएका कारण कुमार रुष्ट थिए ।

‘जसलाई सहयोग गरेको भए पनि चुनावका बेला बुथमा बस्ने एजेन्टहरुका लागि भने अधिकांस नेताहरुले जिल्लाबाट बुथ खर्च लगेका थिए’, राप्रपा धनकुटाका एक नेताले भने ‘बुथमा बस्ने एजेन्टहरुका लागि पैसा लैजाने तर त्यही बुथमा राप्रपाको भोट अर्कैलाई दिएका कारण पनि अध्यक्षज्यु निरास बन्नु भएको हुनसक्छ ।’

अर्काे कारण भनेको कुमार थापा मंसिरमा भएको पार्टीको महाधिवेसनमा कमल थापालाई जिताउन लागेका थिए । तर, राजेन्द्र लिङ्देन विजयी बनेपछि धनकुटालाई वेवास्ता गरे । धनकुटालाई कुनै प्राथमिकतामा राखेनन् । त्यसबाट पनि कुमार थापा निरास थिए ।

लामो समयदेखि चौतर्फी घेराबन्दीमा परेको अनुभव गरेका कुमारले जेठ १९ गते जिल्लामा रहेका ‘कोर ग्रुप’ को बैठक राखे । जुन बैठकमा उनले राजीनमा पत्र पेश गरे । राजीनामा पेश गरेपछि केहीवे सन्नाटा छाएको थियो । सोही सन्नटाबीच राजीनामा पत्र खोसाखोससमेत भएको थियो ।

सो बैठकमा अध्यक्ष ज्युले राजीनामा पेश गर्ने संकेतसम्म नपाएको सचिव दुर्गा पुरी बताउँछन् । ‘अध्यक्ष ज्युको राजीनामाको विषयमा केन्द्रमा कुरा भयो । तर, केन्द्रले राजीनामा केन्द्रमा नपठाउनु भनेको छ’, पुरीले भने, ‘हामी पार्टीमा गम्भीर छलफल गर्छौ । तर, उहाँको राजीनामा केन्द्रले पनि गर्न पाउँदैन ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...