गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

Pradesh gandaki

पोखरा । गण्डकी प्रदेश सरकारले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई लाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मंगलबार गण्डकी प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य नीति कार्यान्वयन गर्ने बताउनुभयो । उहाँले कृषि, उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई प्राथमिकतामा राखेको प्रदेश प्रमुख गुरुङको भनाइ छ ।

नीति तथा कार्यक्रममा उद्योग, कलकारखाना स्थापना र सञ्चालनलाई पनि जोड दिइएको छ । निःशुल्क रगत, महिलाको पाठेघरको मुखको निःशुल्क शल्यरक्रिया, कोभिडमा अभिभावक गुमाएका बालबालिकालाई मासिक भत्ता, निर्माणाधीन अवस्थाका विकासे योजना, प्रदेश गौरवका आयोजनालाई पनि नीति, कार्यक्रममा प्राथमिकता दिइएको छ ।

संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल हो । प्रदेश सरकारले पाँचौंपटक नीति तथा कार्यक्रम ल्याएको हो ।

कार्यान्वयनमा लिङ्ग पहिचान गरी भ्रुण हत्याविरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बालबालिका तथा किशोर किशोरीको पोषण स्थितिमा सुधार गर्न बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रदेशको कार्यक्रममा मूलप्रवाहिकरण गर्नुका साथै गर्भवती र सुत्केरी महिलाको पोषणलाई प्रवर्द्धन गर्न स्थानीय तहसँगको समन्वयमा विशेष प्याकेज व्यवस्था गर्ने उल्लेख छ ।

सरकारले ज्येष्ठ नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न, प्रदेश सरकारसँग ‘बा–आमा कार्यक्रम’ सञ्चालन गर्ने भएको । मानव सेवा आश्रम तथा वृद्धाश्रमहरूमा आश्रित दीर्घरोग लागेका बिरामीले सेवन गर्ने औषधि निःशुल्क उपलब्ध गराउने सरकारले जनाएको छ ।

प्रदेश सरकारले ‘प्रदेश सरकारको प्रतिबद्धता, मर्यादित महिनावारी र स्वच्छता’ अन्तर्गत किशोरीहरूको स्वस्थताका लागि सबै सामुदायिक विद्यालयहरूमा निःशुल्क सेनिटरी प्याड र विसर्जनको व्यवस्था गर्ने भएको छ ।

साथै महिनावारी विभेद अन्त्य गर्न सबै सरोकारवालाको सहकार्यमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने गण्डकी प्रदेशको नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटन क्षेत्रको विकासका लागि विभिन्न प्याकेजहरू समेत प्रस्तुत गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...