उडानसम्बन्धी निर्णय यथावत् :उड्डयन प्राधिकरण

Nagarik padhikaran

काठमाडौँ: विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणले जेठ १६ गते हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि विमान उड्ने र पुग्ने स्थानबीचको उडान मार्ग (इनरुट) को मौसम अनुकूल नभएमा उडान अनुमति नदिने निर्णय गरेको थियो ।तारा एयरको विमान मौसम खराबीले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकाल्दै प्राधिकरणले उडानमा कडाइ गरेको थियो ।

केही सञ्चार माध्यममा इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णयबाट प्राधिकरण पछि हटेको भन्ने सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नरहेको जनाउँदै प्राधिकरणले जेठ १७ गतेदेखि गरिएको कडाइ कायमै रहेको जनाएको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भिजुअल फ्लाइट रुल्स (भीएफआर) बाट उडान गर्ने विमान र विमानस्थलमा मौसमसम्बन्धी जानकारी लिएर मात्रै उडान भर्न दिएको निर्देशन यथावत् रहेको बताए।

यसअघि विमान उड्ने विमानस्थल र विमान पुग्ने विमानस्थलको मौसम सफा भएमा उडान अनुमति दिइँदै आए पनि १२ हजार फिटको हाराहारीमा उड्ने विमानलाई बादलभित्र छिर्न नदिन कडाइ कायमै रहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

माओवादी केन्द्र महालक्ष्मी धनकुटामा पदम रखाल मगर अध्यक्ष चयन

Maoist mahalxmi dkt

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महालक्ष्मी नगर कमिटीको अध्यक्षमा पदम रखाल मगर ...