सेयर बजारमा लगानी डुबेको भन्दै लगानीकर्ताहरूले आन्दोलनको घोषणा गर्ने

Nepse

काठमाडौँ । सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरूले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधारण लगानीकर्ताहरूको करोडौं लगानी डुब्दै गएपछि उनीहरुले शनिबार आन्दोलनका कार्यक्रम घोषणा गर्न लागेका हुन् ।

शनिबार बाल्मिकीमा सर्वसाधारण लगानीकर्ताकोसमेत उपस्थितिमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने अगुवा तिलक कोइरालाले जानकारी दिए । शीर्ष नेताहरुको अभिव्यक्तिलगायतका कारणले सेयर बजारमा नकारात्मक असर परेको र त्यस्ता अभिव्यक्ति नदिनलगायत झन्डै २ दर्जन माग राखेर सेयरकर्ताका लगानीकर्ताहरू आन्दोलनमा उत्रिन लागेका हुन ।

 

प्रतिकृया दिनुहोस