तारा एयरको विमान दुर्घटनामा परेकाहरुको शव परिवारलाई हस्तान्तरण

Tara sab hastantaran

काठमाडौँ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए । दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन शनिबारदेखि हुने

Janati samajwadi program

काठमाडौं । एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिव...