बालेन साह राजनीतिक भेटघाटमा व्यस्त, ५ वर्ष पूर्ण सहयोग गर्ने प्रधानमन्त्री देउवाको प्रतिवद्धता

Sher bahadur deuba and balen shah vet

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले महानगरपालिकामा निर्वाचित भएपछि राजनीतिक पार्टीका शीर्ष नेताहरुसँगको भेटवार्तालाई तीव्र बनाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा र बालेनबीच भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाले भने ।

भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवाले बालेनलाई सफल कार्यकालको शुभकामना दिँदै आफ्नो साथ रहने बताएका छन् । ‘तपाईंले चमत्कार गर्नुभयो। म खुशी छु र ५ वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुने छ’ भेटमा देउवाले बालेनलाई भनेका थिए ।

बालेनले मतगणनाका क्रममा जित निश्चित भएपछि नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेका थिए ।

प्रतिकृया दिनुहोस